विपद् व्यवस्थापन समितिको बैठकद्वारा विभिन्न निर्णहरु

पथरी / पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख एवं नगरस्तरीय विपद् व्यवस्थापन समितिका संयोजक मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।

आज नगरपालिकाको सभाहलमा भएको सो बैठकले विभिन्न निर्णयहरु गरिएको छ । पथरी बजारबाट जाँते ज्यामिरे हुँदै धनकुटा जिल्लाको बुधबारे जाने सडकको पथरी जाँते सडक खण्डमा सडकको बीच (सडक क्षेत्र भित्र) भागमा रहेका ६ वटा रुखहरु कटान नहुँदा सवारी दुर्घटना भइ मावीय तथा भौतिक क्षति हुन सक्ने अवस्था रहेकोले जि पि एस कोड रहेका रुखहरु कटान गर्न आवश्यक रहेको हुँदा प्रक्रिया अगाडि बढाउनका लागि जिल्ला विपद् व्यवस्थापन समिति समक्ष पेश गर्ने निर्णय गरियो ।

यसैगरी वडा नं. १० स्थित वडा कार्यालय अगाडि सडक किनारामा सखुवाको एउटा धोद्रो रुख रहेको, वडा नं. १ को नर्वदेश्वर स्थित मन्दिर भित्र १ वटा र धिमाल महाराज ग्रामथान परिसर भित्र ७ वटा सुकेको सखुवाको रुख रहेकोले उक्त रुखहरु कटान नहुँदा हावाहुरीको समयमा रुख ढली वा भाँचिएर मानवीय तथा भौतिक क्षति हुनसक्ने अवस्था रहेकोले आवश्यक प्रक्रिया अवलम्वन गरी रुखहरु कटान गर्न डिभिजन वन कार्यालय मोरङ तथा सव डिभिजन कार्यालय पथरी समक्ष सिफारिस गर्ने निर्णय गरियो, यस्तै नगरमा हाल सम्मको प्रकोप व्यवस्थापनका लागि आर्थिक राहत खर्च अनुमोन गरिएको छ ।

बैठकमा उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा अध्यक्षहरु, पथरी वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, इप्रका पथरीका प्रतिनिधि र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।