सुकुना क्याम्पसमा सेयर सचेतना कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा । पूर्वविद्यार्थी समाज‚ सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचाको आयोजनामा शुक्रबार क्याम्पस सभाकक्षमा सेयर सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त सचेतना कार्यक्रम विहानी र दिवासत्रमा सञ्चालन गरिएको थियो ।

कार्यक्रममा एमबिएस, बिएड,  बिबिएस, बिए, बिएस्सि र बिबिएमा अध्ययनरत करिब ५०० जना विद्यार्थीहरू साथै शिक्षक तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा विशेषज्ञका रुपमा आमन्त्रित एसपिएसए सेक्युरिटिज लिमिटेड ब्रोकर ८७ का चार्टर एकाउण्टेण्ट एवम् डाइरेक्टर सुभाष आचार्य र  मोहन चम्लागाईँले सेयर तथा सेयर बजारको अर्थ‚ उद्धेश्य‚ सेयर बजारमा प्रवेश गर्ने तरिका‚ यसका फाइदा लगायतका विषयमा जानकारी गराएका थिए ।