बेलबारीमा टिफर र भ्यान ठोकिंदा दुईजनाको मृत्यु

बेलबारी । माेरङकाे बेलबारी वडा नं.३ स्थित पुरानो मालपोत छेउमा  दुर्घटना भएको छ । आज बिहान पूर्वपश्चिम लाेकमार्गमा दुर्घटना भएको हो ।

स्थानीयका अनुसार दुर्घटनामा दुई जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने चालकसहित दुई जना यात्रुलाई विराटनगरको नोबल अस्पताल उपचारको लागि पठाइएको छ ।

टिफरले बसलाई ठक्कर दिएर भ्यानसँग अगाडीको भागमा ठक्कर दिँदा २ जनाको मृत्यु र ५ जना गम्भीर घाइते भएका हुन् । घटनाको विषयमा अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ ।