उपभोक्ता मन्च नेपाल इटहरीको पदस्थापना सम्पन्न

इटहरी । उपभोक्ता मन्च नेपाल, इटहरी उपमहानगरपालिका समितिको पदस्थापन सम्पन्न भएको छ । गत फाल्गुन १२ गते शनिवार भएको अबिधेशन बाट ७ सदस्यीय  कार्यसमिति निर्वाचित भएका थिए ।

मन्चको अध्यक्षमा माधव प्रसाद गुरागाई, उपाध्यक्षमा देव बहादुर श्रेष्ठ,  सचिवमा हेमन्त गौतम कोषाध्यक्ष रिता राउत सर्व सहमतिले चयन भएका थिए । त्यसैगरी सदस्यमा गोपाल बिष्ट, ध्रुव ढकाल ,यदुराम शर्मा लुइटेल चयन भएका थिए ।

निर्वाचित समितिलाई आज एक कार्यक्रम गरी इटहरी उपमहानगरपालीकाका प्रवक्ता एवं वडा नम्बर ६ का वडा अध्यक्ष दिवस पोखरेलले प्रमाण पत्र प्रदान गरेका छन ।

कार्यक्रममा बोल्दै पोखरेलले उपभोक्ताको हितमा काम गर्न समितिका पदाधिकारीलाई आग्रह गरेका छन । राज्यको नियम कानुनभित्र रहेर उपभोक्तालाई ठगिन र गुणस्तरहीन बस्तु वा सेवाको प्रयोगबाट यस मन्चले बचाउन सक्ने कुरामा आफु बिश्वस्त रहेको पोखरेलले बताएका छन ।