नेकपाले जितेको ठाउँमा जितिन् कांग्रेसकी प्रतिमाले

विराटचोकः चितवनको खैरहनी नगरपालिका वडा नं ५ को अध्यक्षमा नेपाली कांग्रेसकी प्रतिमा बस्नेत कार्की ८ सय ४२ मत ल्याएर विजयी भएकी छिन् ।

यसअघि नेकपाले जितेको सो वडामा यस पटक नेकपाका उम्मेद्वार पुननारायण प्रधानले ७ सय ५६ मत मात्रै पाए ।

राष्ट्रिय नागरिक पार्टीका बलराम चौधरीेले ४७ र समाजवादी पार्टीका विकन महतो थारुले ६ मत पाए ।