रेखा थापाको ‘उपहार’ लाई सांसद शुनिल शर्माको शुभकामना

आगामी फागुन ७ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘उपहार’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार ट्रेलर सार्वजनिक भएसंगै दर्शकहरुको सकारात्मक प्रतिकृया पाइरहेको छ । यसैविच मोरङ क्षेत्र नं ३ का सांसद सुनिल शर्माले उक्त फिल्मलाई शुभकामना दिएका छन् । सांसद शर्माले सामाजिक सञ्जालमार्फत फिल्म ‘उपहार’ लाई शुभकामना दिएका हुन् ।

शुभकामना दिदै सांसद शर्माले लेखेका छन – ‘नेपाली सिने जगतकी सुपर स्टार चर्चित अभिनेत्री महिला नेतृ बहिनी रेखा थापा टीमको फागुन २५ गते शिवरात्रीको दिन चलचित्र ‘उपहार’ प्रदर्शनमा आँउदैछ । सोहि अनुरुप फिल्मको टेलर सार्वजनिक भयो, हेरियो । निक्कै कौतुहलता जगाउने टेलर हेरे पछि पक्कै पनि यो फिल्मबाट रेखा र टिमले नेपाली चलचित्रको हाईट अझै माथि पुर्याउने आशा एवम् बिस्वास राखेको छु । रेखा म निर्वाचित मोरङ क्षेत्र नम्बर ३ को बिराटचौक निवासी चेली पनि हुन् । उनी नेतृत्वदायी भुमिका निभाउन सक्ने,हक्की निडर र महिला दिदीबहिनीहरुको पिर भावना बुझ्न सक्ने क्षमतावान नारी हुन् । बहिनीलाई मेरो साथ सहयोग र शुभेच्छा सधै रहने छ । सहकार्य रहने छ । बहिनी रेखा तथा सिंगो उपहार टिमलाई बधाई तथा शुभकामना ।’

गत प्रतिनिधिसभाको निर्वाचनका क्रममा आफ्नी प्रतिद्धन्दी समेत रहेकी रेखा थापाको फिल्म उपहारलाई शांसद शर्माले दिएको शुभकामनाले सकारात्मक सन्देश दिएको छ । मोरङ ३ मा राप्रपाबाट उम्मेद्धार रहेकी रेखा र काङग्रेसबाट उम्मेद्धारका रहेका सांसद शर्मा क्रेज उल्लेख्य थियो । राप्रपाको आफ्नो मत नै नरहेको मोरङ ३ मा रेखाले १० हजार माथी मत ल्याएकी थिइन् भने सांसद शर्मा प्रतिनिधिसभामा बनेका थिए । निर्वाचन अभियानमा रहँदा रेखालाई समर्थकले ‘हिम्मतवाली’ उपनाम दिएका थिए । उक्त समयमा रेखालाई राजनितिका साथसाथै अभिनयमा पनि देख्न चाहेको धारणा उल्लेख्य मतदाताले राखेका थिए ।