पथरी / उद्योग वाणिज्य संघको आगामि ७ गते हुन लागेको निर्वाचनमा वाणिज्य सचिव पदमा युवा व्यवसायी निलम वस्नेतले उम्मेद्धारी दिएका छन् । पथरीशनिश्चरे १ मा न्यू दुर्गा फेन्सि स्टोर सञ्चालन गरिरहेका उनि अघिल्लो निर्वाचनमा सदस्य पदमा भारी मत ल्याएर विजयी भएका थिए ।
युवा पिँढीमा प्रिय रहेका उनी वाणिज्य संघमा राजनिति हुन नहुने र राजनैतिक हस्तक्षेप तथा दलिह गठबन्धनकै कारण पनि संस्थाले चाहेअनुसारको काम गर्न नसक्ने तर्क राख्छन् । दलिय भागबण्डाले व्यवसायीहरु आजित बनेका कारण पनि आफूले जित्नेमा ढुक्क रहेको बताउँछन् । संस्थामा हुने विभिन्न राजनैतिक तथा अन्य प्रकारका किचलोबाट आजित भएका व्यसायीहरुको सम्पूर्ण मत आफूलाई आउनेमा ढुक्क रहेका उनि बताउँछन् । उनि भन्छन – ‘मेरो उम्मेद्धारीपछि व्यवसायीहरुले दिएको हौसलाले म जित्नेमा ढुक्क छु, उहाँहरुले जिताएर पठाए आफू निरन्तर व्यवसायीहरुको हितमा काम गर्ने समेत उनले बताए ।