सञ्चार माध्यममा प्रयोग हुने शब्द र भाषाका विषयमा पत्रकार सम्मेलन

बिराटचोक ः अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नेपाल अपाङ्ग महिला संघ मोरङले अपाङगता भएका व्यक्तिलाई सञ्चार माध्यममा कस्तो भाषा प्रयोग गर्ने भन्ने विषयमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । आइतबार बिराटचोक स्थीत निष्पक्ष खबरको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण गर्दा कस्ता शब्दहरु प्रयोग गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र गरिमाको संरक्षण सुनिश्चित गर्न, आम सञ्चार प्रक्रियाका क्रममा अक्षर, बचन वा दृश्यद्धारा अपागंता भएका व्यक्तिको अधिकार र गरिमामा आँच आउने शब्द, शब्दावली, तस्विर वा भाषा प्रयोग नहोस वा त्यस्तो आशय प्रकट नगर्न, अपाङ्गताको विषयलाई सहि र उपयुक्त तरिकाले प्रस्तुत गर्न, विद्यमान सामाजिक चिन्तनलाई चिर्न, भ्रमहरु हटाउन, सामाजिक परिवर्तनको बाहक बनि समाजको सोच बदल्न, विनाकारण अपाङ्गता भएका व्यक्तिहरुको मान सम्मानमा लाग्ने चोटहरु हटाउन, समाजमा सदियौं देखि विद्यमान रहेका नकारात्मक सोचहरु र उक्त सोचका अवयवहरु तथा सोचको कारणले निर्देशित बोली र व्यहारहरुलाई क्रमशः निवारण गरि प्रकारान्तरमा अपाङ्गता र अपाङ्गता भएका व्यक्तिलाई व्यक्ति, समुदाय र समाजमा सहि तरिकाले प्रस्तुत गर्ने लगायत विषयमा छलफल भएको थियो ।


पत्रकार र सञ्चार माध्यमले पालन गर्नु पर्ने कर्तव्य, अपाङ्ता भएका व्यक्तिको अभिव्यक्तिको सुनिश्चितता, बिशेषणको प्रयोगमा सतर्कता, पत्रकार र सञ्चारमाध्यमले अपाङ्ता भएका व्यक्तिका नाम वा सन्दर्भ उल्लेख गर्दा अनुपयुक्त र असान्र्दभिक ढंगले अपाङ्ता झल्किने शब्द वा बिशेषणको प्रयोग नगरी मर्यादित रुपमा व्यक्तिको व्यवसायिक वा सामाजिक परिचय खुल्ने गरी समाचार सामग्री सम्प्रेषण पर्ने नेपाल अपाङ्गता महिला संघ मोरङकी अध्यक्ष भिमा खतिवडाले पत्रकार सम्मेलनमा बताइएको छ ।
यसैबिच अपाङ्गता नगर समन्वय समिति सुन्दरहरैंचा पुर्नस्थापना विकास केन्द्र र अपाङग महिला संघ मोरङको संयुक्त आयोजनामा भोली सोमबार साँझ बिराटचोक र गछिया बजारमा दिप प्रज्वलन कार्यक्रम गर्ने कार्यक्रम रहेको छ । मंंगलबार अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा ¥याली सहित इन्द्रपुर जेसीज मंगलस्मृति सामुदायिक भवनमा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क आँखा, कान जाँच शिविर गर्नुका साथै सबै वडाका अपाङ्गता भएका व्यक्तिहरु विच हाजीरी जवाफ प्रतियोगिता गर्ने नेपाल अपाङ्ग महिला संघकि जिल्ला अध्यक्ष खतिवडाले बताइन् ।