बहुविवाह गर्ने निजामति कर्मचारीलाई बर्खास्त गर्ने सरकारले कानुन बनाउने

 बिराटचाेक  : बहुविवाह गर्ने निजामति कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने गरी सरकारले कानुन बनाउने प्रस्ताव गरेको छ । सरकारले संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था थप गर्ने गरी प्रतिवेदन तयार पारेको हो ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयकको मस्यौदा प्रतिवेदन विचाराधीन छ । मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न समितिले सोमबार संघीय मामला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीलाई आमन्त्रण गरेको बताइएको छ ।
फौजदारी संहितामा अघिल्लो विवाह कायम रहँदा रहँदै अर्को विवाह गरे स्वतः बदर हुने ब्यवस्था रहेको छ । बहुविवाहलाई निरुत्साहित गर्ने भन्दै सरकारले निजामति सेवासम्बन्धी विधेयकमा फौजदारीसंहितामा जस्तै ब्यवस्था राख्न खोजेको छ ।