खोर्साने चोक बाट गाँजा सहित ३ जना पक्राउ

बिराटचोक :   मोरङको सुन्दरहरैचा नगपालिका १० खोर्साने चोकबाट गाँजा सहित ३ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ बस्ने २४ बर्षीय लक्ष्मी गुरुङ, सोही स्थानका १९ बर्षीय बिकाश धिमाल र १९ बर्षकै रितिक बस्नेत रहेका छन । हिजो साँझ साढे ५ बजे प्रहरी चौकी बिराटचोकबाट खटिएको प्रहरी चेकीङ टोलीले मोटरसाईकलमा आएका तिनै जनालाई चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट ३ केजी ४ सय ग्राम गाँजा फेपा पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय बेलबारीबाट कारबाही प्रकृया अगाडी बढाएको उक्त कार्यालयले जनाएको छ।