योजनाका फायल बोकेर मन्त्रालय र बिभाग धाउदै सुरज

पथरी / पथरीशनिश्चरे ३ का सुरज लिवाङ अहिले वडा र नगरको बिकाशका योजना बोकेर संघिय राजधानी काठमाडौका मन्त्रालय र बिभाग पुगिरहेका छ्न । नेपाली काग्रेसका क्षेत्रीय सदस्य मात्रै हो उनको राजनैतिक हैसियत तर अहिले वडामा भएका समस्यालाई लिएर प्रदेश र संघिय मन्त्रालयमा निरन्तर धाइरहेका छ्न । जनप्रतिनिधीहरु अरु तिरै अल्मलिरहदा सुरज भने निरन्तर बिकाश निर्माणका लागि दिलोज्यान दिएर लागेका छ्न ।

बिहिबार र शुक्रबार मात्रै सुरजले भौतिक निर्माण मन्त्रालय सुकुम्बासी आयोग र बिधुत प्राधिकरण सम्म पुगेर वडाका बिकाश निर्माणलाई (स्पेस) दिएका छ्न । वडा र नगरमै जिल्ला र प्रदेशका नेता भए पनि सुरजको (टच) केन्द्रीय नेता र मन्त्रालय सम्म छ । त्यही सम्बन्धलाई (क्यास) गर्न अहिले विभिन्न बिकाश निर्माणका योजना मात्र नभई बिधुत बिस्तार र सुकुम्बासीका समस्या हल गर्न काठमाडौमा रहेका छ्न । ‘अहिले अबसरलाई गाँउको बिकाशमा लगाउन मेहनत मात्रै गरेको हो’ लिबाङ भन्छन ।

केन्द्र र प्रदेशका मन्त्रालय देखि बिभाग सम्म पहुच नहुदा सुरजको वडामा बिकासको क्रम धिमेगतिमा छ । पहिलाका वडा अध्यक्ष देखि बहालवाला जनप्रतिनिधि समेतको पहुच (माथी)सम्म नपुग्दा ३ नम्बर वडामा भने जति विकाश भएकै छैन । अब केही आशा पलाएको छ । सुरज यश पटक काठमाडौ बसेर पिपल चौक देखि भोटेघुम्ती जाने बाटो कालोपत्रेका लागि पहल थालेका छ्न । सम्बन्धित मन्त्रालय देखि योजना शाखा बाट सो बाटो कालोपत्रे हुने ग्रीन सिग्नल पाएका सुरजले वडाका बिधुत बिस्तारका लागि नेपाल बिधुत प्राधिकरण आधिकारी ट्रेड युनियनका अध्यक्ष जनार्दन भट्टराई संग सहकार्य थालेका छ्न । वडामा कम भोल्टेज बाट पिडित वडाबासिले छिटै राहत पाउँदा बिधुत बिस्तार नभएका र झफोरफेसझ बिहिन क्षेत्रका समस्या हल हुँदै छ्न ।

सुकुम्बासी समस्याका बिषयमा हालै सुकुम्बासी आयोगका केन्द्रीय संयोजक केशब निरौला सम्म पुगे सुरज । वडाका समस्या राखे र निरौला बाट पुर्ण सहयोग हुने वचन पाए पछि हर्सित बने । त्यसो त सुरजले सामाजिक आधारभूत विद्यालयको नयाँ भबन बन्नका लागि आबस्यक पहल गरेका छ्न । दैनिक जसो वडाका बिकाश निर्माण मात्र नभई वडा बासिका कानुनी अल्झन सुल्झाउन उनी कहिले इलाका प्रहरी त कहिले इलाका प्रशाशनका कार्यालयमा पुग्ने गछ्र्न । वडाका बिकाश निर्माण देखि सामाजिक समस्या लाई चासो दिने सुरजलाई जनप्रतिनिधिका रुपमा वडा बासिले देख्न चाहेका छ्न ।




Leave a Reply

Your email address will not be published.