भालुको आक्रमणबाट डोटीमा एक महिला घाइते

डोटी / जंगलमा घाँस काट्न गएकी एक महिलालाई डोटीमा शनिबार दिउँसो भालुले आक्रमण गरी घाइते बनाएको छ।

भालुको आक्रमणबाट आदर्श गाउँपालिका-२ कुचेडा बस्ने २४ वर्षीया देउसरा बोहरा घाइते भएकी हुन्। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी सिताराम विष्टका अनुसार भालुको आक्रमणबाट बोहराको बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको छ।

घाइते महिलालाई थप उपचारका लागि मौवा स्वास्थ्य चौकीबाट सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ।