वडा सभापति खतिवडाको राजिनामा स्विकृत

उर्लावारी / नेपाली काङ्ग्रेस उर्लाबारी ८ का सभापतिको राजिनामा स्विकृत भएको छ । सभापति कोमल प्रसाद खतिवडा सहित पदाधिकारी र केहि सदस्यहरुले गत साउन ४ गते सामुहिक रुपमा नगर कार्यसमितिलाई राजिनामा पत्र बुझाएका थिए ।

सभापति खतिवडासंग नगर कार्यसमितिले पटक पटक संवाद र छलफल गरेतापनि सभापति आफ्नो पदिय जिम्मेवारीमा फर्कन इच्छुक नदेखिएकोले नगर समितिले सभापतिको राजिनामा स्विकृत गरेको नगर सचिव दिपक भट्टराईले बताए । पार्टीलाई चलायमान बनाउन र संगठन विस्तारमा टेवा पुर्याउने महत्वकांक्षाका साथ पार्टीबाट सर्वसम्मत वडासभापति जस्तो जिम्मेवा्र पदमा बसेर पनि संगठनको मर्म र भावनाविपरित सभापति खतिवडाले जिम्मेवारी बहन गर्नुको साटो संगठनलाई अनिर्णयको बन्दी वनाएपछि करिव ६ महिनापछि उनको राजिनामा स्विकृत भएको नगर सभापति सुरेन्द्र लिम्बुले बताए । अन्य पदाधिकारी र सदस्यहरुको हकमा आवश्यक छलफल गरि अर्को बैठकमा निर्णय गरिने लिम्बुको भनाइ छ ।