क्षयरोगी विरामीलाई निःशुल्क खाद्य सामाग्री वितरण

पथरी /  मोरङको पथरी शनिश्चरे नगरपालिकामा क्षयरोगका विरामीहरुलाई उपचार अवधिभर पौष्टिक आहारहरु वितरण कार्यक्रम गरिएको छ । पथरी शनिश्चरे नगरपालिका र स्वास्थ्य शाखाको आयोजनामा नगरका क्षयरोगीहरुलाई विराट मेडिकल ट्रष्ट (ब एन एम टी) को सहयोगमा बिहिवार एक कार्यक्रमको बीच निःशुल्क पौष्टिक आहारहरु वितरण गरिएको हो ।

खाद्य सामाग्री वितरण अघि पथरीशनिश्चरे नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राईको प्रमुख आतिथ्यतामा स्वास्थ्य कार्यालय मोरङको आयोजनामा क्षयरोग बारे जानकारी गराएका थिए । स्वास्थ्य कार्यालय मोरङको सरुवा रोग सम्बन्धी फोकल पर्सन मुलुक चन्द राजवंशी, पथरीशनिश्चरे नगर स्वास्थ्य प्रमुख मुरारी आचार्य, स्वास्थ्यकर्मी जगत मगरले क्षयरोग यसका लक्षण र सर्ने तरिकाहरु बारे जानकारी दिएका थिए ।  स्वास्थ्य सम्वन्धी कार्यक्रमपछि नगरमा रहेका १४ जना क्षयरोगीलाई २५ किलो चमाल, दाल, , तेल १ केजी, चना १ केजी, सर्वोत्तम पिठो १ केजी, अण्डा एक क्रेट र सोयविन १ केजी वितरण गरिएको थियो । खाद्यान्न ६ महिनासम्म निरन्तर वितरण गरिने विराट मेडिकल ट्रष्टका कार्यक्रम संयोजक पुनम बिष्टले जानकारी दिइन् ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका निम्न वर्गीय परिवारमा बढी क्षयरोगी देखिने गरेकोले पोष्टिक आहारको रुपमा खाद्यन्न जिल्लाभरि नै वितरण गरिने बताइएको छ ।
नगरपालिका हुनुअघि पथरी गाविस छुट्टै हुँदा १ सय ३ जना क्षयरोगी रहेको, तीन वटा गाबिस मिलेर नगरपालिका हुँदा एक वर्ष अघि ३६ जना विरामी रहेको तथ्याङ्क नगरका स्वास्थ्य प्रमुख मुरारी आचार्यले जानकारी दिए ।