धार्मिक वनलाई चमेना गृह हस्तान्तरण

पथरी / पथरी शनिश्चरे वडा नं १० मा अवस्थित सिरिजंगा स्मृति धार्मिक वन भित्र निर्मित एभेङ लिम्बु परिवारले आफन्तको नाममा निर्माण गरेको सामुदायिक चमेना गृह हस्तान्तरण गरेको छ ।

मोरङ उर्लाबारी नगरपालिका–९ का डीबी एभेङ लिम्बुको स्मृतिमा १० लाखको लागतमा निर्मित चमेना गृह बिहिवार हस्तान्तरण भएको हो । निर्मित भवनको स्वामित्व लिदै धार्मिक वनले पथरीशनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्बापोको प्रमुख आतिथ्यतामा रिवन काटेर उद्घाटन गरिएको छ । वन समितिको अध्यक्ष डम्बर चोङ्वाङ लिम्बुको अध्यक्षतामा भवन उद्घाटन तथा चमेना गृह निर्माणकर्ताहरुलाई सम्मान गरिएको छ ।

भवन उद्घाटन पश्चात् प्रमुख अतिथि नगर प्रमुख तुम्बापोले निर्माण गर्ने एभेङ लिम्बु परिवारलाई धन्यावाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा डा। डम्बर सङ्बाहाङफे, वडा नं १० का अध्यक्ष जीवन खतिवडा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।