सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघ कोशी प्रदेशको अध्यक्षमा फुयाल

बेलबारी । नेपाल सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघ कोशी प्रदेशको अध्यक्षमा त्रिभुवन फुयाल चयन भएका छन । फुयाल नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ३ प्रदेश ‘क’ का उपाध्यक्ष समेत हुन ।

नेपाली काङ्ग्रेस निकट रहेको नेपाल सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघ कोशी प्रदेशको अध्यक्षमा फुयाल शनिबार चयन भएका हुन ।

फुयाललाई संघका केन्द्रिय अध्यक्ष राजकुमार पाण्डेले शनिबार कोशी प्रदेशको अध्यक्षमा मनोनित गरेका हुन ।