वडा नं १ द्वारा ५० जनालाई गलैचा वितरण

पथरी / पथरी शनिश्चरे वडा नं. १ को आयोजनामा अपाङ्गता लक्षित कार्यक्रम अन्तर्गत गलैचा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

आज पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रममा मखमली अपाङ्गता मिलीजुली समूहका अपाङ्गता भएका ५० जना व्यक्तिहरूलाई गलैचा वितरण गरिएको हो । वडा अध्यक्ष भीम राईको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन वडा सचिव मित्रकला चौलागाईले गर्नुभएको थियो ।

यसैगरी कार्यक्रमको प्रमुख अतिथि देविमाया काफ्ले, महिला बालबालिका शाखा प्रमुख गिता कट्टेल, मखमली अपाङ्गता मिलीजुली समूहका अध्यक्ष शिव बहादुर लिम्बु, वडा सदस्य आरती वि.क.ले शुभकामना मन्तव्य राख्नुभएको थियो ।