पर्साको सखुवा प्रसौनी वडा नम्बर ५ मा समाजवादीको जीत

विराटचोकः समाजवादी पार्टी नेपालका रुपलाल यादव १ हजार ३१ मतका साथ पर्साको सखुवा प्रसौनीको वडा नम्बर ५ को अध्यक्षमा विजयी भएका छन् ।

यसअघि पनि समाजवादीले नै जितेको सो वडामा नेपाली कांग्रेसका अशेश्वर यादवले ८ सय १९ मत पाए । त्यस्तै, नेकपाका उदयशंकर रौनियारले २ सय ३२ मत पाए ।
सो वडामा २ हजार १ सय ७२ जना मतदाता मतदानमा सहभागी भएका थिए ।