रौतहटको गढीमाई २ मा कांग्रेस विजयी, ४ जना स्वतन्त्र उम्मेद्वारको शून्य मत

विराटचोकः रौतहटको गढीमाई नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेसका दीपेन्द्र श्रेष्ठ ७ सय ७१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपाका जवार मियाँले ५ सय ९६ मत ल्याए ।

समाजवादी पार्टीले १ सय २२ मत ल्याएको छ । यसअघि राजपाले चुनाव जितेको यस क्षेत्रमा यस पटक सो दलले जम्मा १६ मत ल्याएर चौथो भएको छ । १० जना उम्मेद्वारमध्ये ४ जना स्वतन्त्र उम्मेद्वारले शून्य मत पाएका छन् ।