उर्लाबारीमा नोवेलको मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग र सामुदायिक विकास मञ्चको आयोजनामा बिहिबार उर्लाबारीमा मोटुरोग सम्ब्न्धी नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सामुदायिक विकास मञ्चको आयोजनामा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका मुटुरोग विशेषज्ञ डा. सुशान्त कटुवाल नेतृत्वको मुटु विभागका चिकित्सक सहितको स्वास्थ्य टोलीले स्वास्थ्य उपचार सेवा प्रदान गरेको हो ।

स्वास्थ्य शिविरमा ११५ जना पुरुष र १७० जना महिला गरी २८५ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त क्रममा २८५ जना विरामीको निःशुल्क इकोकार्डियोग्राम, ई. सि. जि. गरिएको छ ।

नोवेलले विभिन्न संघ संस्थाहरुको समन्वयमा विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । स्वस्थ मुटु स्वस्थ जीवन भन्ने नाराका साथ मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट हजारौ विरामीहरुले निःशुल्क परीक्षण र उपचार सेवा लिई सकेका छन् ।