लायन्स क्लब अफ पथरीको अध्यक्षमा मुरारी आचार्य सर्वसम्मत

पथरी / मोरङको पथरीमा स्थापित लायन्स क्लब अफ पथरीको अध्यक्षमा मुरारी आचार्य निर्वाचित भएका छन् । आज (बुधबार) पथरीशनिश्चरे नगर अस्पतालको सभा हलमा भएको दोस्रो साधारण सभाबाट आचार्य सर्वसहमत अध्यक्ष चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा हेमसागर चापागाँई, हरिकुमार रसाइली, सचिवमा रोशन बुढाथोकी, कोषाध्यक्षमा गोमा पौडेल बुढाथोकी सर्वसहमत चयन भएको सचिव रोशन बुढाथोकीले जानकारी दिए ।

क्लबको साधारण सभा आयोजक समितिको संयोजकसमेत रहेका भगतचन्द्र थपलियाको अध्यक्षतामा भएको सभामा पूर्व अध्यक्षहरु क्रमश उमेशकुमार खड्का, उपेन्द्र कंडेल, गोमा पौडेल र सदस्य हरिकुमार रसाइलीसमेतको उपस्थिति रहेको थियो । क्वलमा ३२ जना सदस्यहरु रहेका छन् ।