तेह्रथुममा नोबेलको नि:शुल्क स्वास्थ्य शिविर

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकामा नोवेल मेडिकल कलेजको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । म्याङलुङ नगरपालिकाको आयोजनामा र नोवेल मेडिकल   कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा साथै तेह्रथुम जिल्ला अस्पतालको समन्वयमा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

म्याङलुङ नगरपालिका स्थीत तेह्रथुम जिल्ला अस्पतालमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १११७ जना विरामीले स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिएका छन् ।

नोवेल शिक्षण अस्पतालका बरिष्ठ फोक्सो रोग विशेषज्ञ डा. रामहरी घिमिरे, बरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजेश नेपाल, बरिष्ठ यूरोसर्जन डा. रामसागर शाह, डा. निरन्जन कुमार, प्याथोलोजिष्ट डा. मनिष दास लगायतका विभिन्न विभागका चिकित्सक सहितको स्वास्थ्य टोलीले विरामीको परीक्षण गरेको थियो ।

स्वास्थ्य शिविरमा जनरल मेडिसिनमा ४०० जना, फोक्सो रोगमा १९८ जना, छाला रोगमा १६० जना, प्रसुती तथा स्त्री रोगमा १८३ जना, यूरोसर्जरीमा ५९ जना, दन्त रोगमा ५२ जना, मानसिक रोगमा ८० जना विरामीको जाँच भएको छ ।

शिविरमा १४० जनाको निःशुल्क इ. सि. जि., १३५ जनाको निःशुल्क भिडियो एक्सरे र ३०० जनाको निःशुल्क प्रयोगशाला परीक्षण समेत गरिएको थियो ।




Leave a Reply

Your email address will not be published.