शान्ति वनको निर्वाचनमा आइ बि राई नेतृत्वको स्वतन्त्र साझा प्यानल घोषणा

पथरी / मोरङको पथरीशनिश्चरे १ मा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनका लागि स्वतन्त्र साझा प्यानल घोषणा भएको छ । सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्षमा ईन्द्रबहादुर राई (आई।बी) सहितको प्यानल घोषणा गरिएको हो ।

शान्ति सामुदायिक वनको निर्वाचन मंसीर २३ गते हुँदैछ । निर्वाचनमा भिड्नको लागि तयार यो प्यानललाई ‘साझा स्वतन्त्र प्यानल’ भनिएको छ । प्यानलको उपाध्यक्षमा सुनमाया तामाङ, सचिवमा दानबहादुर बोहोरा, सहसचिवमा सीता धिमाल, कोषाध्यक्षमा सुभद्रा विष्ट रहेका छन् । त्यस्तै सदस्यहरुमा सरिता राई, अम्बिका लिम्बू, बन्दना कटेल, चित्रकला राई, सोमराज राई, मिलन राई, सन्तोष गुरुङ, रोशन हाङ्बाङ, दिलकुमारी लिम्बू र रेणुका दर्जी रहेका छन् भने लेखा समितिको संयोजकमा राजेन्द्र भण्डारी, जोन सुब्बा लगायत रहेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पदका उम्मेद्धार राईले शान्ति सामुदायीक बनमा बढ्दो बिकृति संगै बनका अधुरा कामलाई पूरा गर्न आफ्नो उम्मेद्धारी रहेको बताउनुभयो ।