लक्ष्मीमार्ग महाेत्सवमा आज राजेस पायल राईकाे दमदार प्रस्तुती रहने

बेलबारी / मोरङको बेलबारी नगरपालिका स्थित लक्ष्मीमार्गमा जारी लक्ष्मीमार्ग महोत्सवमा आज गायक राजेश पायल राईको प्रस्तुती रहने छ ।

स्थानीय कला संस्कृती तथा स्थानीय उत्पादनलाई प्रवर्दन गर्ने उदेश्यका साथ सोमबार शुरु भएको लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सवमा आज तेस्रो दिन गायक राजेश पायल राईको प्रस्तुती रहने भएको हो ।

१४ दिन सम्म सञ्चालनमा आउने सो महोत्सवमा हरेक दिन साझ देखि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । सोमबार देखि डागिहाट युथ क्लबको आयोजनामा महोत्सव शुरु भएको हो ।