लक्ष्मीमार्गमा तथा औद्योगिक महोत्सव हुने

बेलबारी / मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सवको आयोजना गरिने भएको छ । आइतबार महोत्वस आयोजना हुने स्थानमा आयोजक डाँगीहाट युथ क्लवले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी गराएको हो ।

महोत्सव मङ्सिर १८ गते देखि पुस १ गतेसम्म् सञ्चालन हुनेछ । स्थानीय उत्पादनको बजारीकरणका लागि कृषि उत्पादनका १५ वटा स्टल राखिने छ । स्थानीयले उत्पादन गरेका हस्तकलाका उत्पादनको प्रदर्शनीका निशुल्क स्टल ब्यवस्था मिलाइएको छ । यस्तै विभिन्न जात जातिका खानाको प्रदर्शनी र ब्यापार प्रवद्र्धनका लागि १५ वटा स्टलको ब्यवस्थापन गरिने छ । दैनिक राष्ट्रिय स्तरका कलाकारले गीत सङ्गीत पस्किने महोत्सवमा दैनिक ३ हजार बढीले अवलोकलन गर्ने आयोजक समितिका संयोजक ज्ञानुराज राईले बताए । राईका अनुशार महोत्सवको जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले प्रायोजन गरेको छ ।

महोत्सवका आर्थिक संयोजक शिवकुमार राईले मेला आयोजनाका लागि ४१ लाख ५ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको बताए । महोत्सवबाट ६ लाख रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । सोमबार दिउँसो महोत्सवको उद्घाटन मोरङ ३९२० का सांसद ज्ञानेन्द्र सुवेदीले गर्नेछन् ।