शान्ति सामुदायिक वनको उपाध्यक्षमा तामाङको उम्मेद्वारी घोषणा

पथरी / मोरङ पथरी शनिश्चरे वडा नं। १ भुल्के सिमसार मार्गका गोपाल तामाङ ९पुण्य० मिजाशिलो र सामाजिक कार्यमा लागिपर्ने युवा हुनुहुन्छ ।

मिजाशिलो र सामाजिक कार्यमा लागिपर्ने भएकै कारण अझ समाजमा केही नयाँ कार्य गरेर आफ्नो अमिट छाप छोडौं भन्ने हेतुले शान्ति सामुदायिक वन उपभोक्ता समूहको उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । आज सञ्चारकर्मी माझ तामाङले मंसिर १६ गते हुने शान्तिको १५ औं साधरणसभामा उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको हो ।

तामाङ शान्ति सामुदायिक वनका वहालवाला सदस्य हुनुहुन्छ । सदस्य हुँदा नै उहाँले वन डढेलो तथा वन्यजन्तु चोरी सिकारी नियन्त्रण उप–समितिको संयोजकमा रहेर उदाहरणीय कार्यहरू गरिसक्नुभएको छ । वनसँगै अन्य सामाजिक संस्थाहरुको कार्यभार पनि निर्वाह गरिसक्नुभएको छ । पथरीशनिश्चरे वडा नं। १ मा अवस्थित साङाग छ्योलिङ गुम्बाको कोषाध्यक्ष पदमा रहेर कार्यकौशलता देखाइसक्नुभएको छ ।

तामाङको अबको ‘मिसन’ भनेको शान्ति वनको उपाध्यक्षमा भई सामुदायिक वनको माध्यमबाट आर्थिक अवस्था विपन्न रहेका उपभोक्ताहरुको जीवन सुधारका साथै भुल्के सिमसारलाई थप पयर्टकीय केन्द्रका रुपमा विकसित बनाउने लक्ष्य रहेको बताउनुभयो । अन्त्यमा उहाँले भन्नुभयो–‘शान्ति वनको सबै उपभोक्ताहरुसँग हात जोडेर भन्न चाहन्छु तपाईहरुको साथ र सहयोगको अपेक्षा राखेको छु । धन्यवाद ।’