वडा कार्यालयले छात्रवृत्ति वितरण गर्यो

पथरी / पथरीशनिश्चरे नगरपालिका वडा नं ८ कार्यालयले पथरी बहुमुखी क्याम्पस पढने विद्यार्थीहरुलाई छात्रबृति वितरण गरेको छ । ‘आफ्नै क्याम्पस पथरी बहुमुखी पढौ, छात्रवृत्ति पाई अगाडि बढौ’ भन्ने नारा सहित सुरु गरेको छात्रबृति कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई छात्रबृति प्रदान गरेको हो ।

वडा नं ८ का अध्यक्ष नविन कार्कीको उपस्थितीमा वडामा बसोबास गरी पथरी बहुमुखी क्याम्पस पढ्ने सबै विद्यार्थीहरुलाई जनही ५ हजारका दरले छात्रवृत्ति वितरण गरेको थिए । वडा कार्यालयले कक्षा–१ देखि १० सम्म पढ्ने ४५ जना विद्यार्थीहरुको सम्पुर्ण खर्च ब्यहोरेको छ भने कक्षा–१२ सम्मको शिक्षा लाई ‘वडा नम्बर ८ को इच्छा छोरा छोरीलाई कक्षा–१२ सम्म निस्शुल्क शिक्षा’ कार्यक्रम अन्तर्गत अगाडि बढाएको छ ।