शान्ति वनको अध्यक्षमा आइवी राईको उम्मेद्धवारी घोषणा

पथरी / शान्ति सामुदायिक वन उपभोत्ता समुहको अध्यक्षमा आइवी राईले आफनो उम्मेद्धवारी घोषणा गरेका छन । मंसिर १६ गते शनिवार हुन लागेको तोकिएको १५ औं चुनावि साधरणसभामा उनले अध्यक्ष पदका लागी उम्मेद्धवारी घोषणा गरेका हुन ।

अध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेका राई गत साधरणसभाबाट सदस्य पदमा निर्वाचित भएका थिए । बन समितिमुखि भन्दा पनि जनतामूखी बनाउने उद्धेश्यका साथ आफूले उम्मेद्धारी दिन लागेको राईले बताए । पंचायत माबि पथरीको बिद्यालय ब्यवस्थापन समितिको सदस्य तथा पथरी उद्योग बाणिज्य संघको सदस्य समेत रहेका राई स्टील तथा गृल ब्यवसायी हुन ।

अध्यक्ष १ उपाध्यक्ष १ सचिव १ सहसचिव १ कोषाध्यक्ष १ गरि जम्मा १५ सदस्य समिति गठन गर्नु पर्ने भए पनि अध्यक्ष सचिव र कोषाध्यक्ष पका आकंक्षी धेरै छन । १ हजार ६५ उपभोत्ता सदस्य रहेपनि यहिं मंसिर १० गतेसम्मा १ हजार १५ जनाले सदस्यता नबिकरण गरेको जनाइएको छ ।