बिबिएस चौथो बर्षमा नेपाल टप गर्ने बिना घिमिरे सम्मानित

पथरी / बिबिएस चौथो वर्षमा उत्कृष्ट अंकका साथ नेपाल टप गर्ने विना घिमिरेलाई पथरीशनिश्चरे वडा नं ३ ले सम्मान गरेको छ । पथरी बहुमुखी क्याम्पसबाट बिबिएस चौथो वर्षमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने घिमिरेलाई मंगलवार वडाले सम्मान गरेको हो ।

वडा कार्यालयको सभा हलमा भएको सो सम्मान कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष बिजय लिम्बु रहनुभएको थियो । लिम्बुले आफ्नो वडाको विद्यार्थीले नगरकै नाम उचो राखेकोमा बधाई ज्ञापन गर्नुभयो । कात्तिक महिनामा प्रकाशित नतिजा अनुसार घिमिरेले ८५.८ प्रतिशत ल्याएर नेपाल टप गरेकी दावि गरीएको छ । पथरीशनिश्चरे–३ निवासी घिमिरे आफ्ना आमा, बुबा सहित कार्यक्रम उपस्थित भएकी थिइन् ।

वडा सचिव जितन लिम्बुले सञ्चालन गर्नुभएको सो कार्यक्रममा जनता माविका प्रधानाध्यापक पदम सापकोटा, वडा सदस्य चन्द्र चेम्जोङ, पथरी बहुमुखी क्याम्पस स्ववियु सभापति केशर राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।