यामाहा सिम्रिक दिपावली साँझ २०८० हुने

पथरी / दिपावलीको अवसरमा पथरीमा भव्य सांगीतिक कार्यक्रम हुनेभएको छ । रेडियो सिम्रिकको आयोजनामा यही कात्तिक २५ गते शनिबार ‘यामाहा सिम्रिक दिवापली साँझ २०८०’ हुनेभएको छ ।

सो कार्यक्रममा लोक संस्कृति झल्किने स्थानीय कलाकारहरूको नृत्य तथा गायन हुने र मुख्य आकर्षणको रुपमा चर्चित गायक शम्भु राईले प्रस्तुति दिने आयोजकका अमिर राईले जानकारी दिनुभयो । यसैगरी गायकहरु रबिन कन्दङ्वा, नन्दु गुरुङ, विरध्वज शिवा र टेलिसिरियल ‘दोबाटे’कोे विशेष प्रस्तुति रहने आयोजकले बताएको छ । पथरी रत्नचौकमा हुने सो कार्यक्रमको ब्रान्ड टाइटल पी।एम।सी। अटो टेडर्स प्रा।लि। रहेको छ ।