नगर पशु अस्पतालको उद्घाटन

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं ३ को प्रगति टोलमा पथरी नगर पशु अस्पतालको उद्घाटन गरिएको छ । वि सं २०७९ कात्तिक २७ गते शिलान्यास गरिएको सो अस्पताल नगर प्रमुख मोहनप्रसाद तुम्वापोद्वारा उद्घाटन गरिएको हो ।

वडा नं ३ का अध्यक्ष बिजय लिम्बुको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राई, योजना तथा प्रशासन शाखा प्रमुख शिव राई, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, वडा नं ५ का अध्यक्ष चेतेन्द्र खड्का, कार्यपालिका सदस्य मिना तामाङ, अन्जना शिवाको उपस्थिति रहेको थियो । नगरका कर्मचारी लुकनाथ पोख्रेलले सञ्चालन गर्नुभएको सो कार्यक्रममा जग्गादाता ताराप्रसाद कोइराला समेतको उपस्थिति रहेको थियो ।