फोहरमैलालाई क्रमश व्यवस्थापनलाई व्यवस्थित गरिदै लगिनेछ– वडाध्यक्ष राई

पथरी / पथरी शनिश्चरे नगरपालिका फोहरमैला व्यवस्थापन समिति र वडा नं. १ का जनप्रतिनिधहरुको उपस्थितिमा डम्पिङ साइडमा लागेको आगो निभाउने कार्य भएको छ ।

आज वडा नं. १ का अध्यक्ष भीम राईले चाँडै नै फोहरमैलाको स्थायी रुपमा व्यवस्थापन हुने बताउनुभयो । स्थायी रुपमा फोहरमैलाको व्यवस्थापन नभइन्जेलसम्मका लागि सोही स्थानमा लागेको आगो निभाइएको छ भने सोही ठाउँमा खाल्डो खनेर अति संक्रमित फोहोर गाडिने भएको छ । अब अप्रान्त आगो लगाइएको पाइएमा कारवाही गरिने वडाध्यक्ष राईले बताउनुभयो ।

डम्पिङ साइडको स्थलगत अवलोकनमा नगरपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख शिव राई, कर्मचारी सुरेन्द्र राई, पथरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा समाजसेवी धनकुमार तामाङ, वडा सदस्यहरुको सहभागिता रहेको थियो ।