कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कि नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएपछि प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्रिमा नियुक्त गरेका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका थिए, जुन बहुमत हो ।

मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७÷४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए । तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् ।

सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८९५० बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भए । उनलाई शेखर कोइराला समूहका ८ जनासहित एमाले सांसदको समेत समर्थन रहेको थियो । कार्कीलाई नै समर्थन गरेका कांग्रेस सांसदसमेतको हस्ताक्षरमा माओवादीका आङ्बोले पनि मुख्यमन्त्री दाबी गरेका थिए । तर, बहुमत नपुग्ने भएपछि उनको पक्ष सनाखतमै सहभागी भएन । र, कार्की बहुमतको सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भए ।