अनवरत नगरबासीको हितको लागि काम गर्नेछु : प्रमुख प्रशासकिय अधिकृत शशि राई

पथरी /

मोरङको पथरीशनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शशि राईले आफु नगरबासिको हितलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयबाट केहि हप्ताअघि मात्र पथरीशनिश्चरे नगरपालिकामा आएका उनले आज नगरमा क्रियशिल पत्रकारहरुसंगको भेटमा उक्त प्रतिवद्धता जनाएका हुन् ।

उनले आफु नगरमा आएपछि नगरमा संकलन हुने कर जनताको सूचनाको लागि बोर्डमा लेखेर सार्वजनिक गर्ने परम्पराको सुरु भएको बताए । साथै अब कर्मचारी समयमा कार्यालय आउने र जाने, सरकारी पोसाक अनिवार्य लगाउनु पर्ने, अनडे«समा आए उपयुक्त कारण दिनुपर्ने समेत जानकारी दिए । नगरमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको हाजिर खाता प्रशासकीय अधिकृतको कार्यकक्षमा राखिएको छ । यस अघि यस्तो थिएन । राइको आगमनसंगै सेवाग्रहीहरुको काम छिटो छरितो ढंगले हुन थालेको बुझिएको छ ।

यस अघि चिया र नास्ताको लागि मासिक ६० हजारदेखि एक लाखसम्मको बिल उठ्ने गरेको थियो । आफू आएको पहिलो महिनामै ६८ हजारको बिल आएपछि चिया पकाउने ब्यबस्था नगर भित्रे गरिएको प्रमुख प्रशासकीय अधिकृत शशि राईले बताए । नगरको पुरानो कर्मचारीहरुबाटै चिया पकाउने ब्यबस्था गरेपछि बार्षिक १०, १२ लाख जति खर्च कटौती हुने भएको छ ।

सुक्रबार प्रमुख प्रशासकीय अधिकृत शशि राईको आयोजनामा पत्रकारहरुसँग परिचयत्मक कार्यक्रम भएको थियो । परिचयको क्रममा पत्रकारहरुले कर्मचारी, शिक्षा, स्वास्थ्य, बिकास निर्माण, खरिद सम्बन्धीहुँदै आएको बिक्रिती नियन्त्रण बारे सुझाव दिएका थिए । पत्रकारहरुले पथरीशनिश्चरेमा अनलाइनको माध्यमबाट कर तिर्ने व्यवस्था मिलाउन समेत सुझाव दिएका थिए ।

सञ्चारकर्मीहरुको सुझाव पछि आफू कर्मचारी प्रशासन र आफ्नो क्षेत्राधिकार भित्रको बिषय मात्र जिम्मेवार हुने बताए । आफू सेवा भावले लाग्ने, मातहतको कर्मचारीहरुलाई सोही अनुसार नेतृत्व गर्ने उपसचिव राईले बताए । पथरीशनिश्चरे नगरपालिको टेन्डर र खरिद प्रकृयाबाट गुणस्तर नघट्नेगरी पालिका बासीहरुको हितलाई ध्यान राखेर काम गर्ने राई प्रतिबद्धता ब्यक्त गरे ।