यामाहाको ११० औँ शाखा पथरीमा

पथरी / यामाहा मोटर्सको ११० औँ शाखा मोरङको पथरी बजारमा खुलेको छ । आज एक कार्यक्रमका बिच पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहन तुम्बापोले उक्त शाखाको उद्घाटन गर्नुभएको थियो । ११० औँ शाखाका रुपमा पथरीबाट पिएमसि अटो ट्रेडर्स ले उक्त ब्राँण्डका मोटरसाइकल तथा स्कुटीहरुको बिक्री शुरु गरेको हो ।

शोरुमको उद्घाटन गर्दै नगरप्रमुख मोहन तुम्बापोले आफु विगत १५ बर्षदेखि उक्त ब्राण्डको मोटरसाईकल कुदाइरहेको र हालसम्म पनि इन्जीन नखोलिएको भन्दै ब्राण्डप्रति विश्वस्त रहन आग्रह गरे । कार्यक्रममा बोल्दै शोरुमका प्रोप्राइटर मान बहादुर श्रेष्ठले ग्राहकको मुख्य रोजाइमा रहेको कम्पनिका सामानका बिक्रि गर्न पाउदा खुसि लागेको बताए । उनले कम्पनिका मोटरसाइकल तथा स्कुटरहरुको गुण्स्तरमा कुनै शंका नगर्न समेत आग्रह गरे । शोरुम उदघाटनकै दिन नया मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ३ जना ग्राहकलाई शोरुमले सम्मान गरेको थियो । उद्घाटनका अवसरमा ५० बढी यामाहाका मोटरसाइकल तथा स्कुटरको सहभागितामा यामाहा रेसको समेत आयोजना गरिएको थियो । यामाहा कम्पनिको आधिकारिक बिक्रेताको रुपमा एमएडब्लु ग्रुपले नेपालमा बिक्रि गर्दै आएको छ ।