सुन्दरहरैंचा नगरखेलकुद विकास गठनमा विवाद

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगरखेलकुद विकास समितिमा खेलकुद विकास समितिको विधान विपरित सदस्य सचिवमा एक जना व्यक्तिलाई नियुक्ती गर्ने निर्णय गरेपछी विवाद उत्पन्न भएको छ । सुन्दरहरैंचा नगरपालिकाले खेलकुद क्षेत्र भन्दा बाहिरको मान्छेलाई खेलकुद विकास समितिमा नियुक्ती गर्ने निर्णय सार्वजनिक भएपछी विवाद उत्पन्न भएको हो ।

सुन्दरहरैंचा नगरपालिकाले जारी गरेको नगरखेलकुद ऎन २०७९ मा प्रत्येक वडाबाट ३ जना सदस्य वडाले सिफारिस गरेको व्यक्ती मात्र सदस्य सचिवमा नियुक्ती हुने प्रक्रिया छ । तर नगरपालिकाले आफैले बनाएको विधान विपरित नगरको खेलकुद विकास समितिमा अर्कै व्यक्ती नियुक्ती गर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार नगर खेलकुद विकास समितिमा नगरले खड्ग श्रेष्ठलाई नियुक्ती गर्ने निर्णय गरेको छ । तर नगरले आधिकारिक रुपमा पत्र नपठाएको जानकारी नगर प्रवक्ता रोशनप्रसाद ढकालले जानकारी दिए । एक जनप्रतिनिधिका अनुसार नगरले श्रेष्ठलाई सदस्य सचिवमा नियुक्ति गर्ने निर्णय गरेता पनि पत्र भने पठाइसकेको छैन ।

श्रेष्ठ आफैले आफुलाई नगरखेलकुद विकास समितिको सदस्य सचिवमा नगरले नियुक्ती गरेको स्विकार गर्छन । श्रेष्ठले शुक्रबार सम्म आफुले नियुक्ती पत्र पाउने कुरा थियो तर पत्र भने अहिले सम्म नआएको बताएका छन ।

श्रेष्ठलाई सदस्य सचिवमा नियुक्ती गर्ने विषय सार्वजनिक भएपछी शुक्रबार नगरमा रहेका सकृय खेलाडिहरुले नगरको कार्यालयमा आपत्त्जनाएका छन । सगरमाथा फुटबल क्लबका प्रशिक्षक युगेन गुरुङले नगर खेलकुद विकासको सदस्य सचिवमा खेलकुद क्षेत्रको व्यक्ती आउनुपर्ने बताएका छन । उनले खेलकुद भन्दा बाहिरको व्यक्तिलाई आफुहरुले नमान्ने र नगरले वेवस्ता गरे सोमबार देखि चरण बद्द आन्दोलनमा उत्रिने बताए ।

प्रशिक्षक युगेन गुरुङको नेतृत्वमा शुक्रबार ५० जना भन्दा बढी नगरका युवाहरुले नगर प्रवक्ता रोशनप्रसाद ढकाललाई ध्यानाकर्ण गराएका छन । ढकालले सबैको छलफलबाट मात्र सदस्य सचिवमा नियुक्ती गर्ने बताएका छन ।