कार्कीलाई समर्थन गरेका कांग्रेस एमालेका सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्कीलाई समर्थन गरेका सांसदहरू प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । कांग्रेस र एमालेका ४८ सांसदहरू प्रदेश प्रमुखलाई दबाब दिन कार्यालय पुगेका हुन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले दाबी पेस गरेका थिए । सो सहमतिप्रति असन्तुष्ट रहेको कांग्रेसको शेखर कोइराला पक्षका सांसद कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । उनले कांग्रेसका केही सांसदसहित नेकपा एमालेका ३९ जना सांसदको समर्थन लिएर दाबी पेस गरेका थिए ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्छ । कोशीमा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जनता समाजवादी पार्टी (जसपा) का एकजना सांसद छन् ।