अभिनेता अनमोल केसी पक्राउ

काठमाडौँ / अभिनेता अनमोल के.सि पक्राउ परेका छन् । अपराधिक विश्वासघात मुद्दामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार उनलाई बनेपाबाट पक्राउ गरेको हो ।

चलचित्र ‘रावायण’का निर्माता सुदर्शन थापाले दिएको जाहेरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । फिल्म खेल्न उनले १० लाख रुपैयाँ लिएको र पछि अस्वीकार गर्दा एक करोड भन्दा धेरै नोक्सान भएको उजुरी छ।

केसीलाई छलफलका लागि पटक–पटक बोलाइएपनि नआएपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनीविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको प्रहरीले जनाएको छ।