पथरीशनिश्चरे नगरपालिको ६ वटा निर्णयहरु पारित गर्दै बैठक सम्पन्न

पथरी / पथरीशनिश्चरे नगरपालिकाले ६ वटा निर्णयहरु पारित गर्दै बैठक सम्पन्न गरेको छ । नगर कार्यपालिकाको सभाहल आज बिहिबार कार्यपालिका बैठकले ६ वटा निर्णयहरु पारित गर्दै बैठक सम्पन्न गरेको हो ।

नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले आ।व। २०८०।०८१ को उद्यम विकास समितिबाट पारित भएका कार्यक्रमका लागि अनुमोदन गरेको छ । भवन निर्माण संहिता कार्यान्वयन कार्यविधि तथा घर नक्सा पास सम्बन्धी नीति तयार गरिने गर्ने ।नगरस्तरीय खेलकुद समिति पूर्व राष्ट्रिय खेलाडी दीपक राईको संयोजकत्वमा गठन गर्ने । नगरपालिका भित्र संचालित कवाडी व्यवसायलाई करको दायरामा ल्याउने निर्णय भएको जनाइएको छ ।

यस्तै गरि नगर भित्रका विभिन्न संघ संस्थाहरुले स्वास्थ्य शिविर सञ्चालन गर्नु अघि नगर स्वास्थ्य शाखा र सम्वन्धित वडा कार्यालय बाट अनिवार्य अनुमति लिनुपर्ने । नगरपालिका भित्र वर्षातका कारण खाल्डा भएका बाटोहरुलाई तत्काल मर्मत सम्भार गरिने निर्णयहरु पारित गरिएको प्रवक्ता नविन कार्कीले जानकारी दिए ।