अनमोल केसी अस्पताल भर्ना

काठमाडौं / आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन् । छातीमा पीडा भएपछि उनि गएराति नर्भिक अस्पतालमा भर्ना भएका हुन् । अनमोल शुक्रबार बेलुका भक्तपुरको साँगाबाट पक्राउ परेका थिए ।

‘रावायण’ फिल्मको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले १० लाख रुपैयाँ पेश्की लिएर पनि अनमोलले फिल्म खेल्न नमानेको भन्दै प्रहरीसामु आपराधिक विश्वासघातको उजुरी दिएकी थिइन् । उनको उजुरीको आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गर्दै पक्राउ गरेको हो ।

प्रहरीले आइतबार अनमोललाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।