इलाम–२ को उपनिर्वाचनमा एलीजा गौतमले उम्मेद्धारी दिने

काठमाडौँ / इलाम २ मा हुने आगामी उपनिर्वाचनमा अभिनेत्री एलीजा गौतमले उम्मेद्धारी दिने बताएकी छिन् । एमालेका उपाध्यक्षसमेत रहेका निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको छ ।

रिक्त रहेको उक्त क्षेत्रको निर्वाचनमा आफुले उम्मेद्धारी दिने बताएकी छिन् ।‘म इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको छ । कुन पार्टीबाट उठ्ने निश्चित भएको छैन । कुराकानी धेरैसँग भएको छ । म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु’, सञ्चारमाध्ययममा उनले भनिन् ।

थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी गौतमले अनुराग चलचित्रमा अभिनय गरेकी छिन् । उनी पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् ।