चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको अक्सन सम्पन्न

पथरी । मोरङको पथरी शनिश्चरेमा शनिवार चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको अक्सन सम्पन्न भएको छ।

अक्सनबाट ७ क्लवले १०३ जना खेलाडी अनुवन्ध गरेका छन्। तेश्रो संस्करणको प्रिमियर लिगमा सहभागी हिसाव किताब ट्राइडेन्स र मंगलवारे लिजेण्डले लिगबाट बाहिरीने निर्णय गरेपछि नयाँ क्लवका रूपमा गोर्खा लिजेण्डले पहिलो पटक सहभागिता जनाउन लागेको हो ।
देशमा हुने अन्य फ्रेन्चाइज क्रिकेटमा समेत सहभागी रहेका फिर्दाेस अन्सारी यस पटकको अक्सनमा महगो खेलाडीका रुपमा रहे । सवै टिमको रोजाइमा रहेका फिर्दाेसलाई अघिल्लो संस्करणको विजेता टिम सातवाघले १४हजार रुपयाँको वोलीमा भित्राउन सक्यो ।

यस संस्करण बाट प्रत्येक टिमले नगर बाहिरका ४ खेलाडीलाई अनुबन्धन गर्न पाउने नियम सुरु गरिएको छ । अक्सनको सुचीमा रहेका २३१ खेलाडी मध्ये दोश्रो महगो खेलाडी सुरज न्यौपाने बने । उनलाई विरेन्द्र नगर स्टिल टाइगरले १२ हजार रुपयाको वोली लगायो । न्यौपानेलाई पनि अघिकास टिमले वोली लगाएका थिए ।

आइतबारे अस्त्रले मोहमद निसारलाई ८हजार मोल लगाउँदा रोयल किङ्गले रोर्वट राईलाई ७ हजारमा अनुबन्धन गर्‍यो । क्लासिक एलाभेन हसन्दहले वुद्ध आले मगरलाई ५हजार ४सय,वुद्ध युनाइटेडले भुपेन राईलाई ६ हजारमा अनुवन्धीत गर्‍यो । वुद्धले उमेर समुहमा राष्ट्रिय टिम वाट पनि प्रतिनिधीत्व गरेका दिपेश कडेललाई ४हजार २ सय रुपयाँमै टिममा भित्राउन सक्यो । नव प्रवेशी गोर्खाले सोलोमन राईलाई ७ हजार ८सय रुपायाँमा भित्रायो ।

खेलाडीहरु लाई तिन वटा क्याटोगरी राखेर आधार मुल्य राखेर अक्सन गरिएको थियो ।
लिगका लागि रोयल किङ्ग,र आइतवारेले १६–१६ जना खेलाडी अनुवन्धन गर्दा सात वाघले १५ जना र वुद्ध युनाइटेड, विरेन्द्रनगर,हसहन्द र गोर्खाले समान १४ खेलाडी किन्न सफल भए ।
अक्सनका लागि हरेक टोलीलाई ५० हजार जम्मा ‘वालेट’ राखिएको थियो । खेलाडीलाई ए, बी र सि वर्गमा विभाजित गरि अक्सन गरिएको थियो।

पथरीशनिश्चरे नगरभित्रका क्रिकेट खेलाडीको खेल स्तरवृद्धि गर्न र नगरभित्रबाट क्रिकेट प्रतिभा खोज्न सुरू गरिएको लिगको यो चौथो संस्करण हो । यस अघिका संस्करणमा नगर भित्रका खेलाडी मात्र सहभागी हुदै आएको मा यस पटक वाट देश भित्रै खेलाडीलाइ समेत अक्सनमा सहभागी गराइएका छ । एक टिमले ४ जना नगर वाहिरका खेलाडीलाई अनुवन्धन गर्न पाउने छन भने २ खेलाडीलाई प्लेइङ एलाभेनमा सहभागी गराउन सक्ने छ ।

अघिल्ला तिन संस्करणमा पहिलो रोयल किङ् र दोस्रो र तेश्रो सात वाघले उपाधि जित्न सफल भएका थिए । लिग कार्तिक १० देखि कात्तिक २३गते सम्म सञ्चालन हुनेछ । पथरी रंगशालामा हुने प्रतियोगीताको ट्रफि समेत आज प्रर्दशन गरिएको थियो । पथरीशनिश्चरे नगरका प्रमुख मोहन तुम्वापोले शनिवार आयोजित अक्सन कार्यक्रममा सो ट्रफि प्रर्दशन गरेका हुन ।