नगरद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान

पथरी /  ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा पथरी शनिश्चरे नगरपालिकाको गत शैक्षिक सत्र २०७९ मा उत्कृष्ट नतिजा ल्याई उत्तीर्ण हुने विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान गरिएको छ ।

शुक्रबार नगर शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकीले गत शैक्षिक सत्र २०७९ का लागि नगरका संस्थागत तथा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याई नगरपालिका मातहतमा संचालित कक्षा–५, ८ र १० एसईई परीक्षामा सर्वोकृष्ट नजिता प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देविमाया काफ्ले तथा जनप्रतिनिधिहरुले फूल, अबिर, नगद सहित विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो ।

यस्तै, यहि सेप्टेम्बर २४ देखि ३० सम्म गृसको भोलोसमा आयोजना हुने International Olympiad on Astronomy and Astrophysics-Junior २०२३ मा नेपाल लाई प्रतिनिधित्व गर्दै सहभागी हुन छनोट भएका पथरी शनिश्चरे ३ पिपलचोकका त्रिसव तिम्सिना लाई प्रोत्साहन स्वरूप नगर कार्यपालिकाले निर्णय गरेको रू। ५०,००० को चेक प्रदान गरि सम्मान गरिएको थियो।

यस्तैगरी संस्थागत विद्यालयबाट एसईई परीक्षामा सर्वोकृष्ट नजिता प्राप्त गर्ने प्याराडाईज ईंङ्लिस बोर्डिङ स्कुलका ३।९५ जिपीए ल्याउने निश्चल काफ्ले र संस्थागत विद्यालयहरुबाट उत्कृष्ट नतिजा हासिल गर्ने पञ्चायत माविका ३।८ जीपीए प्राप्त गर्ने ३ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।