बालदिवसको अवसरमा अरुणोदय माबिमा गायन तथा नृत्य प्रतियोगिता

पथरी / बालदिवसको अवसरमा आज पथरीशनिश्चरे वडा नं १० मा रहेको अरुणदय माविमा गायन तथा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा गायन तर्फ प्रतिस्पर्धा गरेर कक्षा ६ की इसा लिम्बु प्रथम, कक्षा ४ को रुङनिमा राई दोस्रो र कक्षा ६ कै सिसम राई तेस्रो भएका थिए । विद्यालयमा अध्ययनरत २५ विद्यार्थीहरु गायन प्रतियोगितामा सहभागी भएको निर्णयक अबोध पंधाक लिम्बुले जानकारी गराए ।

यो समाचार तयार पार्दासम्मा नृत्य प्रतियोगिताको निर्णय आइसकेको थिएन । पिटिए अध्यक्ष विष्णु राईको सभापतित्वमा भएको कार्यक्रम विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बिन्दु राई प्रमुख अतिथि थिइन । विद्यालय प्राङगणमा भएको कार्यक्रमको प्रिन्सीपल सान्तिदेवी राईले निर्देशन गरेकी थिइन ।