सागका कारण आज चक्रपथभित्र बिजोर नम्बरका सवारी साधनमात्र चल्ने

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुदको उद्घाटनको दिन भएकाले आज चक्रपथभित्र बिजोर नम्बरका सवारी साधनले मात्र गुड्न पाउने भएका छन् ।
चक्रपथ र त्यस बाहिरका क्षेत्रमा भने यो नियम लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ ।
त्यस्तै सरकारी, कूटनीतिक नियोग, अत्यावश्यक सेवाका साथै सञ्चारकर्मी र खेलसँग आबद्ध सवारीसाधनमा भने यो नियम लागू नहुने भएको छ ।
२ दशकपछि नेपालमा आयोजना हुन लागेको खेलकुद प्रतियोगिता आज अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।