कृष्णबहादुर महरा र शंकर पोखरेलको वडामा कांग्रेसका उम्मेद्वार विजयी

विराटचोकः दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डीसी विजयी भएका छन् ।

संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको वडामा यस्तो नतिजा आएको हो । नेकपाका उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै डाँगी विजयी भएका हुन् ।

निर्वाचनमा खसेको ३ हजार २ सय २६ मतमध्ये डीसीले १ हजार २ सय १८ र केसीले १ हजार १ सय १७ मत प्राप्त गरेका छन् ।