एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं / नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व सभामुख सुवास नेम्वाङको निधन भएको छ ।

उनलाई राति १ बजे हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बतायो । नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत रहेका थिए ।