हरियालीको १८ औं वार्षिक साधारणसभा सम्पन्न

पथरी / मोरङको पथरी शनिश्चरे वडा नं। २ अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १८ आंै वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सोहि बनको सभाहलमा आयोजित साधारणसभाले अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो ।

समूहको १८ औं चुनावी साधरणसभा घोषणा भए पनि दोहोरो उम्मेद्वारी कसैले नदिएको हुँदा १५ सदस्य समिति सर्वसम्मत रुपमा अघि नै नेतृत्व चयन भएको थियो । वार्षिक साधारणसभापछि निर्विरोध निर्वाचित पदाधिकारीलाई पदस्थापन गराइएको थियो । साधारणसभाका प्रमुख अतिथि मोहन प्रसाद तुम्वापोले हरियाली वनले दुःखी र गरिबहरुलाई धेरै सहयोग गर्दै सह्रानीय कार्यहरु गर्दै आइरहेको बताउनुभयो । उहाँले थप्नुभयो–‘यस वनले रोजगारी सृजना गराएर उत्पादन कार्यलाई अघि बढाइरहेको छ । भावी दिनमा अझ धेरै सक्रियताका साथ अघि बढोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।’

वनले साधारणसभाको अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत रुद्र बहादुर कार्की, हर्कबहादुर गुरुङ, धनप्रसाद लामिछाने, कुन्ने राई, हस्तकेशर राईलाई दोसल्ला र नगद सहित सम्मान गरेको छ । यस्तै क्यान्सर रोग पीडित सुकवल राई र पूर्णमाया कामीलाई नगर रु। ३० हजारका दरले चेक हस्तान्तरण गरिएको छ भने कार्यक्रम स्थलमा नै चिठ्ठा कार्यक्रम अन्तर्गत १० जनालाई १ हजारका दरले पुरस्कृत पनि गरिएको थियो ।

कार्यक्रममा कार्यसमितिका सदस्य आतेजङ राईले देशभक्ति गीत प्रस्तुत गर्नुभएको थियो । यसैगरी सामुदायिक वन उपभोक्ता समूहको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको थियो । समूहको चुनावी साधरण सभा घोषणा भए पनि दोहोरो उम्मेद्वारी कसैले नदिएको हुँदा १५ सदस्य समिति सर्वसम्मत रुपमा नेतृत्व चयन भएको थियो ।

निर्विरोध निर्वाचित पदाधिकारीहरु क्रमशः काबुबहादुर मगर अध्यक्ष, दिलबहादुर तामाङ उपाध्यक्ष, निर्मला चौहान सचिव, नारायण अधिकारी सह–सचिव, जानुका खड्का चौहान कोषाध्यक्ष, सदस्यहरुमा इन्दिरा मगर, दुर्गा कुमारी चौहान, रमा तामाङ, भक्तकुमार गेलाल, हरिबहादुर लामा तितुङ, कुमार गुरुङ, आतेजुङ राई, पूर्णकुमारी तामाङ, लिलामाया अधिकारी र शान्ति बराइलीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको थियो ।

यस्तै सर्वसम्मत निर्वाचित लेखा समितिको संयोजक रमेश दाहाल, सदस्यद्वय चन्द्रबहादुर थापा र उर्मिलादेवी ढुङगेललाई पनि पद तथा गोपनियताको सपथ ग्रहण गराइएको थियो । हरियालीले वि।सं। २०७६ मा नेपालकै उत्कृष्ट घोषणा हुँदै वैज्ञानिक वन व्यवस्थापनमा गणेशमान सामुदायिक वन पुरस्कार प्राप्त गरेको थियो ।