पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि २३२ खेलाडि दर्ता

पथरी / चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगीताको अक्सनका लागी २३२ खेलाडी दर्ता भएका छन् । विभिन्न ३ ‘क्याटोगरी’ अन्तरगत ति खेलाडी दर्ता भएका हुन् । लिग आयोजक पथरीशनिश्चरे प्रिमियर लिग समितीका अनुसार असोज ६ गते हुने अक्सनवाट ७ वटा क्लबले कम्तीमा १४ खेलाडी अनुबन्धन गर्नु पर्ने छ । तिन वटा संस्करणको प्रतियोगीता सम्पन्न भइ सकेको लिग यस वर्ष कार्तिक ९ बाट सुरु हुने भएको छ ।

आयोजकले अक्सनका लागी प्रकाशित गरेको खेलाडी ‘ड्राफ्ट’मा पहिलो ‘क्याटोगरी’मा ५१ जना खेलाडी ‘ए क्याटोगरी’मा दर्ता भएका छन् । ३३ जना ‘वि’ मा र १४९ जना ‘सि क्याटोगरी’मा दर्ता भएका छन् । ‘क्याटोगरी ए’ मा दर्ता भएका खेलाडीको ३ हजार ‘वेस प्राइज’ तोकिएको छ भने ‘वि’ को २हजार र ‘सि’ को १ हजार ‘वेस प्राइज’ तोकिएको छ । प्रत्येक टिमका लागी ५० हजार रुपयाँ ‘वालेट’ राखिएको छ । यस संस्करणमा २ जना खेलाडीलाई मात्र ‘रिर्टन’ गर्न पाउने छन भने अरु खेलाडी ‘रिलिज’ गर्नु पर्ने आयोजकका अध्यक्ष विरोज मगरले जानकारी दिए ।

पथरीशनिश्चरे भित्रका खेलाडीलाई मात्रै सहभागी गराउदै आएको प्रतियोगीताको चौथो संस्करणबाट नगर बाहिरका चार खेलाडीलाई क्लबले अनुवन्धन गर्न पाउने भएको छ । ‘बाहिरका खेलाडी पनि सहभागी गराएर प्रतियोगीताको स्तरवृद्धि गर्न लागेका छौ’ अध्यक्ष मगरले भने ‘यस पटकबाट प्रतियोगीताको प्रचार थप हुन्छ भन्ने विश्वास लिएका छौ’ । यस वर्ष हुने प्रतियोगीताको अक्सन ड्राफ्टमा उमेर समुह वाट अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागीता जनाएका दिपेश कडेल देखी प्रदेशको टोली वाट विभिन्न कपमा सहभागीता जनाएका खेलाडी समेटीएका छन् ।

खेलाडीको ड्राफ्टमा प्रदेशको टिम वाट राष्ट्रिय प्रतियोगीतामा सहभागीता जनाएका फिरदोस अन्सारी,सोनु मण्डल,श्रमण यादव,ज्ञानेन्द्र श्रेष्ठ,सुजन थपलिया लगायतका खेलाडीलाई ड्राफ्टमा समेटिएको छ । आयोजकका सचिव राकेश राईका अनुसार प्रतियोगीताको चार्म विस्तारै वडदैछ । खेलाडीहरुको आर्कषणकै कारण प्रतियोगीतालाई निरन्तरता दिन सकिएको हो । पथरीशनिश्चरेमा मात्रै प्रदेश स्तरिय ३ वटा प्रतियोगीता आयोजना हुने गरेको विगत भए पनि ति प्रतियोगीताको निरन्तरता हुन सकेको छैन् ।

यस पटक सवैभन्दा कम १० वर्षका खेलाडी समेत अक्सनको लिष्टमा समेटिएका छन भने ४३ वर्षका खेलाडी राज वस्नेतको समेत नाम अक्सन लिष्टमा रहेको छ । अघिल्लो सस्करणमा भन्दा यस संस्करणको अक्सनमा धेरै खेलाडी दर्ता भएका छन् । पहिलो संस्करणमा १३६ जना खेलाडी अक्सनमा सहभागी भएका थिए भने अधिल्लो सस्करणमा १३५ खेलाडीलाई अक्सनमा सहभागी गराएर टिमले खरिद गरेका थिए ।

स्थानीय क्रिकेट खेलाडीको उत्पादन गर्न र क्रिकेट प्रतिभा पहिचान गर्न चौथो संस्करणको क्रिकेट लिग प्रतियोगीता आयोजना गरिन लागेको हो ।‘पथरीशनिश्चरे नगरभित्रका क्रिकेट खेलाडीको खेल स्तरवृद्धि गर्न र नगरभित्र वाट क्रिकेट प्रतिभा खोज्न पनि लिगको महत्वपुण भुमीका हुने विश्वास छ ’ मगरले भने । यो संस्करणमा सात क्लवले प्रतिष्पर्धा गर्ने छन् । पहिलो संस्करण वाट सहभागी मगलवारे लिजेण्ड र हिसाव किताब ट्राइडेन्सले चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगीताबाट बाहिरिने निणर्य गरेपछि नयाँ क्लबका रुपमा गोर्खा लिजेण्डले पहिलो पटक सहभागीता जनाउदैछ ।

पहिलो संस्करणको विजेता रोयल किङ्ग, दोश्रो र तेश्रो संस्करणको विजेता सात वाघसंगै आइतबारे अस्त्र, विरेन्द्रनगर स्टिल टाइगर, बुद्ध युनाइटेड, क्लासिक एलाभेन हसन्दह र नव प्रवेशी गोर्खा लिजेण्डले प्रतियोगितामा सहभागीता जनाउन लागेका हुन् । पथरीको जाँते मोडमा रहेको पथरी रंगशालामा प्रतियोगीताका सवै खेल हुने छन् । क्रिकेट मैदान अभावका कारण नियमित फुटवल प्रशिक्षण र प्रतियोगीता हुदै आएको पथरी रंगशालालाई केहि मर्मत गरेर प्रतियोगीता आयोजना हुन लागेको हो । प्रतियोगीता सम्पन्न गर्न करिव १० लाख लागत लाग्ने आयोजकले जनाएको छ ।