११० औं विपी जन्म जयन्तीका अवसरमा दिप प्रज्वलन

पथरी / ११० औं विपी जन्म जयन्तीको अवसरमा आज (आइतबार) नेपाल विद्यार्थी संंघ पथरीशनिश्चरे नगरकार्य समितिले दिप प्रज्वलन कार्यक्रम गरेको छ । नेपाल विद्यार्थी सङ्घ पथरीशनिश्चरे नगर कार्य समितिद्वारा आयोजित दिप प्रज्वलन कार्यक्रमका सहभागीहरुले जननेता विपीका मार्गनिर्देशन र सिद्धान्तका बारेमा बाल्दै उनको योगदानको चर्चा गरेका थिए ।

नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य एवम पथरीशनिश्चरे नगरपालिकाको प्रमुख पदका प्रत्यासी नगेन्द्र सुब्बाले प्रमुख आतिथिको तर्फबाट दिप प्रज्वलन कार्यक्रमको उदघाटन गरेका थिए । उद्घघाटन पछि आयोजित कार्यक्रममा पथरी बहुमुखी क्याम्पसका स्ववियु सभापति केशर थुलुङ, नेविसंघ केन्द्रीय सदस्य गिरीश (गोपाल) साम्वा, मोरङ क्षेत्र नं ३ का क्षेत्रीय सचिव राजेन्द्र अधिकारी, पथरीशनिश्चरे ०४ का वडाध्यक्ष लोककिरण न्यौपाने लगायतले सार्गर्भिक शुभ कामना मन्तव्य राखेका थिए ।

नेपाली विद्यार्थी संघ पथरीशनिश्चरे नगर कार्य समितिका सभापति सागर बरालको सभापतित्वमा सम्पन्न भएको सभामा पथरी बहुमुखी क्याम्पसका स्ववियु सभापति केशर थुलुङले स्वागत मन्तव्य राखेका थिए । उक्त सभामा वडा नं ३ का वडाध्यक्ष विजय लिम्बु , नेविसंघका केन्द्रीय सदस्य सरोज थापा, गिरीश साम्वा , सुविन पराजुलि, क्षेत्रीय सदस्य सुरज लिवाङ ,नगर उप सभापति सन्तोष कार्की, नगर सचिव योगराज पाठ्क लगायतका विभिन्न नेता, कार्यकर्ता, तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।